काठमाडौँ – पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ४७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ९३१ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    
योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख १४ हजार ५२१ पुगेको छ । नेपालका हालसम्म दुई लाख ३३ हजार ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लोे २४ घण्टामा कोरोनाका कारण २९ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५०८ पुगेको छ ।    

Previous articleकोभिड–१९का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन
Next articleसंघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here