काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गर्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको रक्षाका निम्ति जोड दिनुभएको थियो । नेकपा सचिवालयको अर्को बैठक यही मङ्सिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री समेत रहनुभएका ओलीले पार्टीका नेताहरुलाई पार्टी फुटका विषयमा नसोच्न आग्रह गर्नुभएकाे छ। पार्टीको आन्तरिक विवादलाई सछफल तथा संवादको माध्यमबाट समाधान गर्न सकिने बताउँदै फुटका विषयमा सोच्दै नसोच्न नेताहरुलाई आग्रह गर्नु भएकाे हाे ।

बैठकमा सहभागी नेताहरुले समेत पार्टीको आन्तरिक विवादका कारण फुट्ने अवस्था आएको बताउँदै फुटको संघारबाट पार्टीलाई बचाउनुपर्नेमा जोड दिनुभएकाे थियो ।

पूर्ण पाठका लागि तल क्लिक गर्नुहोस्

  pm oli

Previous articleब्यवस्थित रुपमा इट्टा उद्योग सञ्चालन गर्नुपर्नेमा सभापति कोइरालाको जोड
Next articleकोरोना व्यवस्थापन गर्ने उत्कृष्ट सूचीमा पोखरा महानगरपालिका पनि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here