बेलायत – फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ।
रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो। उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए।आर्जेन्टिनी फुटबल एशोसिएसनले ट्वीटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै भनेको छ, “तिमि सधैँ हाम्रो हृदयमा रहनेछौँ।”

उनी सन् १९८२ को विश्व कप फुटबलबाट चर्चित बनेका थिए। त्यसबेला उनी २१ वर्षका थिए। आर्जेन्टिनाका राष्ट्रपतिले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।राष्ट्रपति अर्बेर्टो फेर्नान्डेशले भनेका छन्, “तिमिले हामीलाई विश्वको उच्च तहमा पुर्‍यायौ, हामीलाई निकै खुशी दियौ। हामीले सधैँ तिमिलाई सम्झिरहने छौँ।”

म्याराडोनाले बार्सिलोना र नापोली फुटबल क्लबबाट पनि खेलेका थिए। आर्जेन्टिनाको तर्फबाट चारवटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए। आफ्नो खेल करिअरको दोस्रो खण्डमा उनी कोकिनको लतमा परेर सङ्घर्ष गर्नु पर्‍यो। सन् १९९१ मा परीक्षणमा लागु पदार्थ पुष्टि भएपछि १५ महिना प्रतिबन्धमा परे। व्यावसायिक फुटबलबाट उनले सन् १९९७ मा अवकाश लिएका थिए।

Previous articleथप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि
Next articleनेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here