जुरीख। स्वीस सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाउँदै स्वीट्जरल्याण्डका नेपालीहरुले देउसी भैलो खेलेका छन्। कोरोना कहरकाबीच पनि आँफूहरु मात्र हैन स्विस नागरिकहरुलाई पनि भैलो गीतमा नचाएका हुन्।

गतवर्ष झै यो पटक पनि सानो समूह बनाई नेपाली पोसाकमा सजिएर माला, मादल र खैचडिका साथ देउसी भैलो खेलेको स्वीस निबासी एक नेपाली रेशम खत्रीले जानकारी दिए। उनले भने,”कोरोनाको कहरकाबीच पनि स्थानीय नियमको पालाना गर्दै आफ्नो परम्परालाई निरन्तरता दिएका हौ। प्रतिकुलतामा पनि अनुकुलता खोज्ने हाम्रो प्रयास हो। तर सबैलाई सजग र संयमित बन्न अनुरोध गर्दछौ।”

करिव २ दशक देखि स्वीट्जरल्याण्ड बस्दै आएका सुवर्ण प्रसाद भट्टराईले देउसी भैलो यसपटक पनि प्रभावकारी बनेको बताए। “ गत बर्षको देउसी भैलो मार्फत रुकुमको एक बालगृहकालागि सहयोग गरेका थियौं। अहिले समय अनुकुल नभएपनि निरन्तरता दिने प्रेंरेंणा त्यहीबाट नै मिल्यो।” उनले भने।

देउसी भैलोमा सहभागीहरुले सामाजिक दूरी कायम गर्दै अनिबार्य मास्क प्रयोग गरेका थिए।

 

 

Previous articleहङकङको एक रेस्टुरेन्टमा आगलागी, कम्तीमा ७ जना नेपालीको मृत्यु लण्डन
Next articleनेकपा सचिवालय बैठक मङ्सिर १३ गते बस्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here