पोखरा -अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेभसाइट शुभारम्भ गरेको छ । मंगलबार पोखरामा एक कार्यक्रमकाबिच सम्पन्न भएको हो ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । युकेबाट समाजसेवी इन्द्र घोतानेको सक्रियतामा संघलाई प्राप्त ९१ हजार रुपैंयाबाट ति स्वास्थ्य सामाग्री खरिद गरिएको हो ।

सो अवसरमा मन्त्री गुरुङले संघको आधाकारिक वेभसाइट ओजाग डट ओआरजी डट एनपी पनि  सार्वजनिक गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री गुरुङले कोरोना महामारीको असरले पुर्याएका सबै क्षेत्रलाई विस्तारै लयमा फर्काउन प्रदेश सरकार नीतिगत तरिकाले अगाडि बढिरहेको बताउनुभएको छ । कोभिड १९ नियन्त्रण भन्दा बाहिर गएको र अब आफै सुरक्षित रहनुपर्ने आवश्यकता रहेको उहाँले कोरोनालाई व्यवहारिक ढंगले नियन्त्रणमा लैजानुपर्ने उल्लेख समेत गर्नुभयो ।

स्वास्थ्यकर्मी, चिकित्सकलाई भत्ताको सुविधा उपलब्ध गराउँदा पनि समस्या बेहोर्नुपरेको उहाँले बताउँदै कोभिडका कारणले यतिबेला सबैको समस्याको रुपमा रहेको र चिकित्सकहरु समेत खटिन नमान्दा आफ्नो र आफ्नो परिवारको स्वास्थ्य सुरक्षामा स्वयंले आफ्नो ध्यान पुर्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“शत्तिशाली देशमा पनि संक्रमित सबैले अस्पतालमा बस्न नपाएको भन्दै अस्पताल भर्ना हुने अवस्था नहुँदा सम्म घरमै सुरक्षित तवरले आइसुलेसनमा बस्न उनको आग्रह छ ।” गण्डकी प्रदेश सरकार कोरोना रोकथामकै बाटोमा हिंडिरहेको बताउँदै महामारीले असर पुर्याएका सबै क्षेत्रलाई विस्तारै लयमा फर्काउन प्रदेश सरकार नीतिगत तरिकाले अगाडि बढिरहेको उहाँले उल्लेख गर्दै भन्नुभयो–“सबै मिलेर नै कोरोनालाई परास्त गर्न सक्छौ ।”

प्रदेश सरकारले केही समय अगाडि सुचना सार्वजनिक गर्दै ल्याएको लोककल्याणकारी विज्ञापनको विषयलाई सबैको सल्लाह, सुझाव र प्रतिक्रियाका आधारमा अगाडि बढाइने मन्त्री गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले हामीले शुरुवात गरेका हौं, गर्दै नगर्नुभन्दा शुरु गर्नु राम्रो हो, सबैको साथ सहयोगबाटै लोककल्याणकारी विज्ञापनलाई सफल बनाउनेमा प्रदेश सरकार छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार रामजी लम्साल, केशव पाठक, संघका कोषाध्यक्ष सुनिल पाण्डे लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष ढाका मोहन (गणेश) बरालको अध्यक्षतामा भएको थियो ।

“दोश्रो जिवन पछि सहयोग गर्ने अवसर जुट्यो”–इन्द्र घोताने, युके

समाजसेवी इन्द्र घोतानेले आफ्नो दोश्रो जिवन पछि सहयोग गर्ने अवसर जुटेको बताउनुभएको छ । कोभिड १९ को सक्रमण पछि २५ दिन सधन उपचार कक्षमा र ३० दिन अस्पताल विताएर घर फर्किए पछि कुरा गर्दै सबैको माया, सदभाव र आर्शिवादले आफूले कोभिड–१९ लाई जित्न सकेको बताउनुभयो । विदेशमा रहेर पनि समाजसेवा मार्फत दुःखी, असहायलाई सहयोग गर्न रुचाउने घोतानेले अनलाइन पत्रकारहरुलाई कोभिड–१९ को महामारीमा समेत आफ्नो सक्रियतामा रकम संकलन गरी सहयोग गर्न पाउँदा निकै खुसी लागेको धारणा अघि सार्दै सवै सहयोगी मनहरुलाई आभार समेत व्यक्त गर्नुभयो । “कोभिड १९ को महामारीको समयमा समेत अनलाइनमा कार्यरत पत्रकारहरुले जोखिमका साथ काम गर्नु भएको छ”, उहाँले भन्नुभयो–“यो सानो सहयोगले उहाँहरुको हौसला बढ्ने छ ।”

उहाँको नेतृत्वमा सहयोग गर्नेहरुमा ईन्द्र घोथाने, नन्दजंग गुरुङ, तमु धी एसोसियसन युके अध्यक्ष, महासचिब, क्वोने घोथाने घोन्डे गुरुङ्ग परिवार यूके, अनररी ल्याटन चन्द्र तथा बिमला गुरुङ्ग, अध्यक्ष, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, पुनम गुरुङ्ग, अध्यक्ष, एन.आर.एन.यूके, भिम महेन्द्र गुरुङ्ग, अध्यक्ष हंगकंग नेपाली मंच, यूके, शिब गुरुङ्ग, अध्यक्ष, तमु समाज यूके, शान्त गुरुङ्ग, एन आर.एन.यूके सल्लाहकार, नारायण गुरुङ्ग, क्वोने घोताने, घोन्डे गुरुङ्ग यूके परिवार सल्लाहकार, क्यापटेन नारायण गुरुङ्ग तथा चन्द्र कुमारी गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार चेलीबेटी उपप्रमुख, धना पुन गुरुङ्ग, लण्डन, दुर्गा गुरुङ्ग, अध्यक्ष, बेजिङ्गस्टोक गुरुङ्ग समाज यूके, नारदमणि गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके सस्थापक उपाध्यक्ष रहनुभएको छ ।

त्यसै गरी सहयोग गर्नेहरुमा कुमार गुरुङ्ग, अध्यक्ष, सहारा यूके, राचेल गुरुङ्ग (राजु )क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके चेलीबेटी प्रमुख, कृष्ण गुरुङ, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके सल्लाहकार, ह्यारि   गुरुङ्ग, एन आर एन यूके कार्यसमिति सदस्य, बोहत गुरुङ्ग, कोषाअध्यक्ष, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, कुसांङ्ग गुरुङ्ग, उपाध्यक्ष सहारा यूके, हरि गोविन्द गुरुङ्ग, बरिष्ठ सल्लाहकार, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, धनकाजी गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, क्यापटेन पिताम्बर गुरुङ्ग, उपाध्यक्ष क्वोंने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, ईन्द्र नारायण गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, धनु पुरन थकाली, महासचिब, सहारा यूके, अतित गुरुङ्ग, लण्डन, नर बहादुर गुरुङ्ग, लण्डन रहनुभएको छ ।

Previous articleनेपालमा कुल एक लाख ९९ हजार ७ सय ६० जनामा काेरोना स‌क्रमण पुष्टी
Next articleअस्ट्रेलियाको तास्मानियामा चलिचत्र ‘आमा’ प्रदर्शन हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here