काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट थप १७९८ जना निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार हालसम्म १ लाख ९७ हजार २४ जना कोरोना संक्रमित रहेका छन् भने १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् । कोरोना निको हुने दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसैगरी हालसम्म कोरोनाबाट ११२६ जनाको मृत्यु भएको छ भने बितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।
हालसम्म १५ लाख ५१ हजार २सय ५४ जनाको पीसीआर परीक्षण भएको छ भने क्वारेन्टाइनमा ९६७ जना रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या ३६ हजार १सय ७४ जना रहेका छन् ।

Previous articleनेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुग्यो
Next articleनियमित अन्तर्राष्ट्रिय उडान शुरु, उडान सङ्ख्या भने बढ्न सकेन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here