काठमाडौँ – तीनदिने नेपाल भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शुक्रबार अपरान्ह स्वदेश फर्कनुभएको छ।अपरान्ह ४ः४५ बजे उहाँ इन्डिया एयरफोर्सको विशेष विमान स्वदेश फर्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

यसअघि आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा श्रीमती विनासहित बुधबार उहाँ नेपाल आउनुभएको थियो । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो । नेपाली सेनाको १८औँ मानार्थ महारथी बनेर स्थल सेनाध्यक्ष नरवणे स्वदेश फर्कनुभएको हो ।

Previous articleपछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना कोरोना संक्रमण मुक्त
Next articleपछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here