काठमाण्डौ – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २० जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ३ हजार १ सय १४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७९ हजार ६सय १४ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४२ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४१ हजार १ुय ३४ पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४सय ७६ रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म १४ लाख ८० हजारको पीसीआर परीक्षण गरिएको मन्त्रालले जनाएको छ ।
हाल ३० हजार ६९४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३७२ जना आईसीयू र ६८ जना भेन्टिलेटरमा छन् ।

Previous articleएनआरएनए स्वीट्जरल्याण्डको १२ औं बार्षिक साधारणसभा सम्पन्न
Next articleप्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको अत्येष्टि, कास्की काँग्रेसद्वारा दुःख व्यक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here