गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको वार्षिक साधारणसभा आगामी नोभेम्बर ०१ तारिख आइतवारका दिन बेर्नमा आयोजना हुने भएको छ।

साधारण सभामा अबको गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको रूपान्तरण, निःशुल्क सदस्यता पश्चात् एनसीसीको संचालनका वैकल्पिक उपायहरु, उम्मेदवारी शुल्क घटाउने, अनलाइन मिटिङ र स्मार्ट एनआरएनए, नेपाली नागरीकताको निरन्तरता, गैर आवासीय नेपाली संघ स्विजरल्याण्ड ले गरेका कामहरुको प्रगति विवरण, गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड को २०१९- २०२० को आर्थिक विवरणका बारेमा छलफल हुनेछ । सोही कारण सबैलाई सकारात्मक सहयोगको अपेक्षा सहित आयोजकले सहभागिताका लागि अनुरोध गरेका छन्।

कोभिड १९ को समस्याका कारण सबैको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गर्नुपर्ने कारणले यहाँहरू सबैजनालाई साधारण सभा गरीने हलमा स्वागत गर्न असमर्थ रहेको बताइएको छ। कार्यक्रमका लागि एउटा सानो हलको ब्यवस्था गरिएको र उक्त हलमा थोरै मात्र उपस्थित हुन मिल्ने भएकाले हलमा उपस्थित हुन चाहनुहुने महानुभावले २५ अक्टोवर सम्म इमेल मार्फत जानकारी गराउनु पर्नेछ । बाँकी सबै अनलाईन मार्फत कार्यक्रममा जोडिन सक्नुहुनेछ।

अनलाईन मार्फत कार्यक्रममा जोडिनका लागि Zoom को आइडी र पासवर्ड आयोजकले उपलब्ध गराइने गैर आवासिय नेपाली संघ स्विजरल्याण्डका अध्यक्ष शिव कुमार सुब्बाले जानकारी दिए।

साधारण सभा ०१ नोवेम्बर, आईतबार दिउँसो ०१:०० बजेदेखि ५:३० बजेसम्म बेर्नमा हुने महासचिव कृष्ण प्रसाद शिवाकोटीले नेपाल स्विस डट कमलाई बताए।

Previous articleलकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर ः विश्व बैंक
Next articleनेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here