काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हाजर १ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४२०९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २५००७ रहेको छ भने ४ हाजर १ सय ६४ जना क्वारेन्टिनमा छन्। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँच महिला र १० पुरुष छन्।

मोरङका ४० र ६० वर्षीय पुरुष, सिरहाकी ५० वर्षीया महिला, रौतहटकी ७२ वर्षीया महिला, काठमाडौँका ६६ र ७२ वर्षीया महिला तथा ४५, ५३, ६४ र ३९ वर्षीय पुरुष, ललितपुरका ४६ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, रुपन्देहीका ५५ वर्षीय पुरुष, नवलपरासीका ७६ वर्षीय पुरुष र दाङकी ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्थ्य मन्त्रालयले जनाएको छ।ससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ।

Previous articleप्रदेश ५ को स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी पारित
Next articleधार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारीमा छौँ ः मन्त्री भट्टराई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here