जुरीख। कोभिड- १९ का कारण बिश्वनै प्रभावित बनेका बेला नेपाल पनि अछुतो छैन। प्रवासमा रहेका नेपालीहरूलाई कोभिडका कारण आर्थिक रुपमा पनि असर परिरहेका बेला मातृभुमिप्रतिको मायालाई भने बिर्सेका छैनन्। उपल्लो मुस्ताङ मूलघर भएका टेम्पा गुरुङ लामो समयदेखि स्विट्जरल्याण्डमा बस्दै आएका छन्। उनको तन मननै अहिले कोरोनाको असरले नेपालको देखिएको भयावह अबस्थाप्रति केन्द्रित रहेको छ। गुरुङले ३ हजार २ सय ६५ स्वीस फ्रान्क संकलन गरी महामारीका कारण भोकमरीमा परेका तथा बाढीपहिरोपिडित नेपालीहरूलाई सहयोग पठाएका छन्।

उपल्लो मुस्ताङ समाज स्विट्जरल्याण्डबाट १ हजार ३ सय ७५, अमेरिकामा रहेका नेपालीहरुबाट १ हजार र स्वीसबासी नेपालीहरुबाट ८ सय ९० स्विस फ्रान्क संकलन गरी नेपाल पठाएको उनले बताए। गुरुङले भने,”लोकप्रिय कार्यक्रम ईन्द्रेणीमार्फत सहयोग पठाउँदा बढी प्रभावकारी देखिने भएकाले नै कार्यक्रम संचालक कृष्ण कंडेललाई सो रकम बुझाएका हौ। पीडितहरूको मुहारमा राहत मिल्नेमा आशावादी छौं।”

ईन्द्रेणी कार्यक्रमको भिडियो

Previous articleनेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ५१ हजार ९ सय १९ पुग्यो
Next articleराहत लिएर कास्की काँग्रेस रुपाको बराहथोकमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here