काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ।
पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे सँगै मृतककाे स‌ख्या ३ सय पुगेकाे छ ।
विगत २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ७७ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।

Previous articleनेकपा स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने
Next articleपछिल्लो २४ घण्टामा मात्र २ हजार २ सय ८७ जना डिस्चार्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here