काठमाडौ – नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।  पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि कुल संख्या जम्मा ४० हजार ५ सय २९ पुगेको हो ।  मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  

 स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।  यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । 

Previous articleनेपालमा पछिल्लाे २४ घण्टामा  ८ सय ९९ जना कोरोना भाइरसका संक्रमण पुष्टी
Next article२४ घण्टामा एक हजार १ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here