काठमाडौ – राष्ट्रिय परीक्षा बोर्डले सोमबार एसईईको परीक्षाफल प्रकाशित गरेको छ ।

आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको जनाइएको छ । यस पटक एसईईको नतिजा पहिलोपटक विद्यालयकै आन्तरिक मुल्यांकनबाट गरिएको हो ।

यसपटक एसईई परीक्षामा चार लाख ८२ हजार विद्यार्थीले भाग लिन फारम भरेको थिए । तर नतिजा भने ४ लाख ७२ हजार ७८ जनाको मात्र आएको छ ।

चैत ६ गते हुने भनेको परीक्षा कोरोना महामारीका कारण स्थगित भए पछि आन्तरिक मुल्यांकनबाट नतिजा प्रकाशन गरिएको हो । परीक्षाफलको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाईट लगायत विभिन्न माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
कोरोनाभाइरसको महामारी लामो समयसम्म गएपछि सरकारले जेठ अन्तिम साता विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
लामो समयसम्म विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्‍न उचित नभएको निष्कर्षसहित सरकार यो निर्णयमा पुगेको थियो ।

Previous articleनेपालमा पछिल्लो २४ घन्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि
Next articleसीपीएल टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा सन्दीपको विकेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here