काठमाण्डाै – नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । जसमा काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ९ जना छन् ।

यसैगरी पर्साका ७१ जना, मोरङ ५३, सुनसरी, महोत्तरी र बाराका २४/२४ जना, तनहुँ र बाँकेका २२/२२ जना, सुर्खेतका २१, मकवानपुरका १८ तथा सप्तरी, सर्लाही, चितवन र रुपन्देहीका १४/१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिन्धुलीका ११ जना, झापा र कैलालीका ९/९ जना, सिराहा र अछामका ६/६ जना, रौतहट, बर्दिया र कपिलवस्तुका ५/५ जना, दैखेलका ३ तथा सिन्धुपाल्चोक, नवलपुर र कञ्चनपुरका २/२ जनामा संक्रमण देखिएको छ । उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङका १/१ मा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा २ सय ४० जना निको भइ घर फर्किएका छन् । यससँगै १७ हजार ७७ जना कोरोनाबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ रहेको छ।‍

Previous articleनेकपा विवाद समाधानका लागि कार्यदल गठन
Next articleपछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here