काठमाडौँ -नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जनाउनुभएको छ । उहाँले आज अपराह्न ट्विट गर्दै ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत शाक्यमुनि बुद्ध नेपालमा जन्मिएकामा कुनै शङ्का बाँकी नरहँदा नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचका सम्बन्धमा प्रतिकूल असर पार्छन् भन्ने ख्याल गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मै बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट अभिव्यक्ति दिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री नेपालले भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद् रहेको बताउनुभएको छ ।
“यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु”, ट्विटमा भनिएको छ । (रासस)

Previous articleपछिल्लो २४ घन्टामा नेापलमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि
Next articleनेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोराेना सङ्क्रमणबाट मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here