काठमाण्डाै – नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा ४ सय २५ जना निको भइ घर फर्किएका छन् । यससँगै १५ हजार ८ सय १४ जना कोरोनाबाट मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० रहेको छ।‍ गत २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।

Previous articleगण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १ हजार ५ सय ८७
Next articleपछिल्लो २४ घन्टामा नेापलमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here