एन आर एन ए स्विटजरल्याण्डको आयोजनामा अगस्ट २९ तारीखको दिन बोटिङ र ग्रिल कार्यक्रम गरिने भएको छ।

गत २९ जुलाई २०२० आइतवारका दिन संस्थाका अध्यक्ष शिब सुब्बाको अध्यक्षतामा बसेको एन आर एन ए स्विटजरल्याण्डको सातौं कार्यसमितिको पुर्ण बैठकले यो निर्णय गरेको हो।

यो कार्यक्रम हल भन्दा बाहिर गर्न पनी सकिने र सामाजिक दुरी कायम गर्न पनी संभव हुने भएकोले आयोजना गर्न लागिएको एन आर एन ए स्विटजरल्याण्डले प्रष्ट पारेको छ। विश्वभरी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण एन आर एन ए स्विटजरल्याण्डले आयोजना गर्न भनेका धेरै कायर्क्रमहरु स्थगित भएका थिए।

कोरोना माहामारीकै अवस्थामा पनी साथीभाईहरुलाई जम्काभेट भएर दुख सुख साटासांट गर्ने मौकाको सिर्जना गराउने उदेस्यका साथ यो कार्यक्रम हुनेछ। संघका अध्यक्ष शिब सुब्बाको संयोजनमा सामाजिक दुरी कायम गर्दै Thun देखी Bern को Marzili सम्म Boating र Marzili मा Grill कायर्क्रमको आयोजना गर्ने निर्णय भएको एन आर एन ए स्विटजरल्याण्डका महासचिव कृष्ण प्रसाद शिवाकोटीले जनाए। Boating तथा Grill कायर्क्रममा सहभागी हुन इच्छुक महानुभावहरुले यसै संस्थाका अध्यक्ष शिब सुब्बालाई सम्पर्क गर्नुपर्नेछ। कायर्क्रममा सहभागी हुन इच्छुक महानुभावहरुले आफ्नो लागी आवश्यक Boat तथा सुरक्षाका सामाग्री आफैले ब्यवस्था गर्नु पर्नेछ।

संस्थाको तफर्बाट बेलुकाको खाना तथा अल्कोहल बाहकेका पेय पदाथर्को ब्यबस्थापन 20 CHF मा उपलब्ध गरिने छ। यदि कसैलाइ Boat कहाँ र कसरी भाडामा लिने भन्ने जानकारी नभएमा सम्पर्क गरे Boat भाडामा लिन सहयोग गर्ने संघले जनाएको छ।

आगामी दिनमा हलभित्र गरीने भनीएको तिज तथा दशैं जस्ता कायर्क्रम सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै सम्पूर्ण कायर्क्रमहरु यस बर्ष २०२० का लागी नगर्ने नगराउने निर्यण गरिएको एन आर एन ए स्विटजरल्याण्डका अध्यक्ष शिब सुब्बाले जानकारी दिए।

Previous articleसरकार सफल हुन उसका संयन्त्रहरु दक्ष हुनुपर्छ :मुख्यमन्त्री गुरुङ
Next articleपछिल्लो २४ घन्टामा नेपालमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here