बिष्णुप्रसाद पोखरेल, दमक। झापाको महारानीझोडा गाबिसमा सञ्चालीत एकीकृत सामुहिक सहकारी खेतीमा अहिलेको उच्चतम् आधुनिक प्रविधिको प्रयोगबाट धान रोपिएको छ । कृषिमा व्यवसायीकरण र ग्रामीण क्षेत्रमा रोजगारको सिर्जना भन्ने नाराका साथ शुरु भएको सामुहिक खेतीमा उच्चतम् रुपमा प्रविधिको प्रयोग गर्न थालिएको हो ।
जापानी प्रविधिको मेसिन प्रयोग गरेर ३० विगाहा जग्गामा हर्दिनाथ जातको धान रोप्न थालिएको र शनिबारसम्ममा १० बिगाहमा धान रोपिसकिएको महारानीझोडा तथा ऋण सहकारी संस्थाका अध्यक्ष मित्रदेव काफ्लेले बताउनु भयो । साना किसान कृषि सहकारीको प्रवद्र्धनमा माहारानीझोडा बचत तथा ऋण सहकारी र जनहीत बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा एकिकृत सामुहिक सहकारी खेती ३ बर्ष अघि देखि शुरु भएको हो ।
आफूहरुले ८० विगाहा जग्गामा सामुहिक खेती गर्दै आएको यसले देशभर नै चर्चा पाएको काफ्लेले बताउनु भयो । ग्रामिण क्षेत्र भएर पनि आफूहरुले कृषिमा आधूनिकरण र प्रविधि प्रयोगलाई जोड दिएको काफ्लेको भनाई रहेको छ । काफ्लेले भन्नु भयो–‘परम्परागत खेती प्रणालीलाई बिस्थापित गर्दै आधूनिक र ब्यवसायिक कृषि प्रणालीलाई संस्थागत गर्न हामि सफल बन्दै गएकाछौ ।’
२१ विगाहा जग्गाको माटो परीक्षण पश्चात कृषि बिकास कार्यालय झापाको ४० हजार रुपायाँको ढुवानी अनुदान सहयोगमा २१ टन कृषि चुनको प्रयोग गरिसकिएको र यसले आम्दानी बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको सामुहिक सहकारी खेतीका अध्यक्ष बेदनिधी चापागाईंले बताउनु भयो । कृषि चुनको प्रयोगले माटोको गुणस्तरमा बृद्धि हुने र आम्दानीबढी हुने बताइन्छ ।
यसवर्षबाट धान रोप्नका लागि ब्याड बनाउने, बिउ राख्ने, खेत जोताउने र देखि लिएर रोप्नसम्म समेत आधूनिक उपकरण र औजारको प्रयोग गर्न थालिएको र यसले ४ गुणाबढी आम्दानी लिने लक्ष्य रहेको अध्यक्ष चापागाईले बताउनु भयो । उहाँले भन्नु भयो–‘ग्रामिण क्षेत्रमा आधूनिक औजार र प्रविधिको प्रयोगले कृषि क्षेत्रमा आमूल परिर्वतन ल्याउन कोशिस गरिरहेका छौ ।’
सामुहिक खेती अन्तर्गत अहिले १२ विगाहामा गहुँ, दूई विगाहामा तोरी र मकै, १ विगाहा १५ कट्ठामा तरकारी खेती हुदै आएको अध्यक्ष चापागाईले जनाउनु भयो । गत वर्ष १५ विगाहामा परीक्षणका रुपमा लगाइएको हर्दिनाथ जातको धानबाट २ लाख आम्दानी भएको बताउँदै यस वर्ष यसलाइ बढाएर कम्तिमा आठ लाख पुर्याउने लक्ष्य राखिएको उहाँले बताउनु भयो ।
सहकारी खेती देशकै नमुना खेती भएकाले यसको अवलोकनका लागि स्वदेश तथा बिदेशबाट समेत कृषिमा लागेकाहरु आउन थालेको जनाईएको छ । कृषि बिकास कार्यालय झापाका प्रमुख मेघराज तिम्सिनाका अनुसार यो झापाको मात्र नभएर देशको नै नमूना सामुहिक खेती भएकाले यहाँ राज्यको तर्फबाट पुर्याउनु पर्ने सबै प्रकारको सहयोग गर्न प्रयास भइरहेको छ ।

Previous articleसोनम कपुरलाई स्वाइन फ्लु, सलमानमाथि पनि शंका
Next articleविवाद र असुरक्षाको घेरामा पुटिन प्रशासन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here