राजाराम पौडेल,पोखरा -पोखरा ६ बैदाममा रहेको केदारेश्वर महादेव मन्दिर परिसरमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको हो । वृक्षारोपण कार्यक्रममा फलफुल र फुलका विरुवा रोपिएको थियो ।
पूर्व डिष्ट्रिक गर्भनर धुब्र थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले मन्दिर परिसर भित्र आवश्यकता अनुसारका विरुवा रोपेकोमा क्लबको खुशी व्यक्त गरे । विरुवा रोप्नुमात्र ठुलो कुरा नभएर त्यसलाई संरक्षण गरि हुर्काउनु ठुलो कुरा हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

सोही कार्यक्रमा बोल्दै पूर्व गर्भनर थापाले भोटको लागि मात्र लायन्स क्लब स्थापना गर्ने तर सामाजिक कार्यमा क्रियाशिल नहुने चलन बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरे । ‘भोटका लागि लायन्स क्लब स्थापना गर्दा समस्या भएको छ, कति क्लब त्यसै बन्द समेत भएका छन्, यो रोग पोखरामा त खासै छैन तर काठमाण्डौँतिर बढी देखिन्छ’ उनले भने । कति क्लबलाई पछि भोट पाइन्छ भनेर अर्कैले ‘ड्युज’ तिरिदिएर जोगाउने गरेको समेत उनको गुनासो थियो । युवा व्यवसायि समेत रहेका थापाले आवश्यकताको पहिचान गरि लायन्स क्लबहरु क्रियाशिल हुनुपर्ने उनले बताए ।

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष शंकर पाण्डेको अध्यक्षतामा भएको भएको कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले आवश्यकताको पहिचान गरि विभिन्न कार्यक्रम गर्ने लक्ष्य आफ्नो रहेको बताए ।
डिष्ट्रिक सिनियर एओजी बालकृष्ण बरालले लायन्स क्लब अफ फेवा वेगनास चौतारीले गर्ने आफ्नो सदैव साथ रहने बताए । क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक एडभाइजर सन्तोष घिमिरेले आफुहरुले लायन्स मार्फत सामाजिक कार्यमा अगाडि बढ्न खोज्नेलाई साथ दिने गरेको बताए ।
कार्यक्रममा जोन चियर पर्सन जित बहादुर थापा गोपाल, लायन्स क्लब अफ विरौटा साझा चौतारीका अध्यक्ष रेखा देवी पोख्रेल, पोखरा फेवा वेगनास चौतारीका प्रथम उपाध्यक्ष महेश्वर रिमाल, सचिव चित्र बहादुर गुरुङले समेत वृक्षारोपण कार्यक्रमको बारेमा बोलेका थिए । पाँच वर्ष अगाडि स्थापना भएको फेवा वेगनास चौतारीको चार्टर नाइट कार्यक्रम साउन १८ गते आइतबार पोखरामा हुँदैछ ।

Previous articleपद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद छैन : प्रचण्ड
Next articleपछिल्लो २४ घन्टामा देशभर २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here