काठमाण्डौ- पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शुक्बारर १ सय ३३ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् । जसमा काठमाडौंका १०, कास्कीका ५, लमजुङका ३, बागलुङका १, तनहुँका १, बाँकेका २, बर्दियाका २, दाङका ४, नवलपरासी पूर्वका ४, रुपन्देहीका ४, जाजरकोटका १, कालीकोटका २, दैलेखका ८, कैलालीका ८, धनकुटाका १, सुनसरीका ५, झापाका २५, मोरङका १, सप्तरीका ७, मोरङका १ र
बाराका १ जना रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । यस सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये १२ हजार ९ सय ४७ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा १ सय ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Previous articleएनआरएनए स्विजरल्याण्डद्वारा सहयोग गर्न अनुरोध
Next articleबाढी, पहिरो र चट्याङबाट वैशाखयता १ सय ८१ को मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here