काठमाण्डौ – नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बिहीबार १ सय ४७ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।जसमा काठमाडौंका ५ जना, ललितपुरका २, भक्तपुरका २, धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिरहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, काठमाडौंका ५ महोत्तरीका १, पर्वतका १, ललितपुरका २, कास्कीका २, स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना भएकाे मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक अस्पतालमा वीरगञ्ज निवासी ७० वर्षीय वृद्धको मृत्यु भए संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये १२ हजार ८ सय ४० जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा १ सय ५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख ३१ हजार ९५ परीक्षणहरु गरिएका छन् । २४ घन्टामा ३ हजार ४८१ परीक्षण भएका छन् ।

Previous articleप्रधानमन्त्री केपी शर्मा ओली र काग्रेस सभापति देउवाबिच भेट
Next articleएनआरएनए स्विजरल्याण्डद्वारा सहयोग गर्न अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here