काठमाण्डाै – नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बुधबार १ सय जना संक्रमित भेटिएको जानकारी दिएका हुन् । जसमा सप्तरीका १८ जना, दैलेखका १६, सुनसरीका ४, मोरङका ३, झापाका १, ताप्लेजुङका ३, धनुषाका ५, बाराका ३, पर्साका ६, काठमाडौंका ३, सर्लाहीका २, चितवनका १, सर्लाहीका १, लमजुङका ७, स्याङ्जाका ३, बागलुङका ३, बाँकेका ३, बर्दियाका २, सल्यानका २, कालीकोटका ६, बझाङका १ र डोटीका ७ जना रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुष र पोखरामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी चिनियाँ महिला रहेको पनि मन्त्रालयले जनाएको छ । यस संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये १२ हजार ६ सय ८४ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा २ सय ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । गत २४ घन्टामा ३ हजार ७७९ परीक्षण भएका छन् । क्वारेन्टाइनमा २० हजार ८४२ जना रहेका छन् ।

Previous articleनेकपा स्थायी कमिटि बैठक साउन १३ सम्मका लागि स्थगित
Next articleस्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here