काठमाण्डौ- नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय १ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शुक्रबार १ सय १ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।

यसरी संक्रमित हुनेमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका १, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौटहटका ८, सिन्धुलीका १, काभ्रेपलाञ्चोकका १, काठमाडौं १, पाल्पाका १, लमजुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३ ,रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये ११ हजार ५ सय ३४ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा २ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काेराेनाबाट थप एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको राजविराज नगरपालिकाका ७३ वर्षीय वृद्ध भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । याेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

Previous articleचालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने सरकारकाे लक्ष्य
Next articleनेपालमा पछिल्लो २४ घन्टामा थप ५७ मा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here