काठमाण्डौ – युवा पुस्ताको आवाज समेटिएको गीत “ल्याँङ भो” सार्वजनिक भएको छ। व्यापक भ्रष्टाचार, सत्ता तानातान देखि निराश र आक्रोशित देश भित्र र बिदेशिएका नेपालीहरुको आक्रोश यो गीतमा सुन्न सकिन्छ।

रक भर्सनको यस गीतमा गीतकार तथा कवि बिष्णु जोशीको शब्द रहेको छ भने विशाल पौडेलको स्वर र सङ्गीत रहेको छ। हाल लिरिकल भर्सनमा उपलब्ध गीतको भिडियो नविन निरौलाले बनाएका हुन्। छिट्टै अफ़िसिएल भिडियो सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी गीतकार जोशीले दिएका छन्। लिरिकल भिडियो जोशीकै च्यानल मदर नेपाल मार्फत सार्वजनिक गरिएको छ।

अमेरिकामा विज्ञानमा विद्यावारिधी गर्दै गरेका जोशी नेपालफर्कौँ महाअभियानका अभियन्ता समेत हुन्। उनि भन्छन यो गीतमा आक्रोश छ तर, विरोध मात्रै गरेर समाधान हुँदैन त्यसैले अन्त्यमा यो गीतले सबै युवालाई जागरूक भएर स्वदेश मै धैर्यताका साथ उद्धयम गरी यसै पुस्तामा देश बनाउन आव्हान गरेको छ।

Previous articleनेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुग्याे
Next articleनेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुग्याे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here