काठमाण्डौ- आईतवार देशका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा २९३ जना नयाँ संक्रमति पुष्टि भएसंगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घन्टामा ४ हजार ७१० जनाको पीसीआर परिक्षण गरिएकोमा २९३ जनामा संक्रमण पोजेटिभ देखिएको बताउनु भयो ।

डा.गौतमका अनुसार कोशी अस्पतालमा गरिएको परिक्षणमा झापाका २ जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा पाँचथरका १ जना, ताप्लेजुङका २, मोरङका २, जनकपुरमा गरिएको परिक्षणमा धनुषाका २७, सिराहाका १, महोत्तरीका १२, नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्साका १ जनामा कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा अर्घाखाँचीका १, बैतडीका ३, कैलालीका १४, कपिलवस्तुका १, काठमाडौंमा ५ तथा नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै रौतहटका २, सल्यानका १, सर्लाहीका ६, चितवनको भरतपुर अस्पतालमा गरिएको परिक्षणमा मकवानपुरका १, हेटौंडामा गरिएको परिक्षणमा रौतहटका २७ जनामा संक्रमण पोजेटिभ देखिएको डा.गौतमले जानकारी दिनुभएको छ ।

काठमाडौंसिथत वीर अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा अर्घाखाँचीका २, बाँकेका १, बर्दियाका १, काठमाडौंका २१, नुवाकोटका १, सर्लाहीका १, भक्तपुरका १, रामेछापका १, धादिङका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । पोखरामा जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा तनहुँका २ तथा बाग्लुङका १ गरी ३ जना, पश्चिमाञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कास्कीका २, लमजुङका १ र गोरखाका १ गरी चार जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

रुपन्देहीमा गरिएको परिक्षणमा अर्घाखाँचीका १, कपिलवस्तुका १, प्यूठानका ११, रुपन्देहीका १, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा सल्यानका १५, दैलेखका २, सुर्खेतका १०, स्याङ्जाका १, बर्दियाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै दैलेखमा गरिएको परिक्षणमा दैलेखका ५ र सुर्खेतका २ जनामा संक्रमण पोजेटिभ देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै चौरजहारीमा गरिएको परिक्षणमा रुकुमपश्चिमका ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बाजुराका २०, डडेल्धुराकामा गरिएको परिक्षणमा ३, सेती अस्पतालमा गरिएको परिक्षणमा अछामका १, बैतडीका १, डडेल्धुराका ६, डोटीका ३, कैलालीका १३, कञ्चनपुरका ३२ जनामा संक्रमण पोजेटिभ देखिएको छ

निको हुनेहरुको संख्या ६ हजार ५४७

नेपालमा कोरोनाको संक्रमण भएकाहरु मध्य अस्पतालबाट डिस्चार्ज भएकाहरुको संख्या ६ हजार ५४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । बितेको २४ घन्टामा देशका विभिन्न अस्पतालमा उपचार गराईरहेका १३२ जना निको भएर घर फर्किएसंगै निको हुनेहरुको संख्या ६ हजार ५४७ पुगेको हो ।

Previous articleढलमा कोरोना संक्रमण देखिएको प्रमाण कहीँकतै फेला परेको छैन: स्वास्थ्य मन्त्रालय
Next articleनेकपा अध्यक्षद्दय ओली र ‘प्रचण्ड’ बीच एक्लाएक्लै छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here