काठमाण्डौ – बुधबार दिउँसो थप ५ सय ८६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले जानकारी दिएका छन् ।

संक्रमित हुनेमा उदयपुरका ४, सिरहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २०० , बाराका ७, कपिलवस्तुका १०, रौटहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन् ।

त्यस्तै बाँकेकी एक ४६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा बाँकेको बैजनाथ गौउपालिका-६ की महिला रहेको र उनी जेठ ३० गते मृगौला रोगको उपचारका नेपालगंज शिक्षण अस्पतालमा भर्ना भएकोमा असार १ गते साँझ ६ बजे मृत्यु भएको जनाइएको छ । यस सँगै नेपालमा कोरोना भाइरसबाट मर्नेको संख्या २० पुगेको छ ।
गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा संक्रमित मध्ये १ हजार २ सय ८४ जना निको भएर घर फर्किसकेका छन् जसमध्ये पछिल्लो २४ घन्टामा ९ जनाले स्वास्थ्य लाभ गरेका हुन् ।

Previous articleनेपाली काँग्रेस कास्कीद्दारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
Next articleशिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री गुरुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here