काठमाडौँ -भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सासहितको निशान छाप संशोधन विधेयक संसदबाट पारित भएको छ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको हाे।

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
प्रस्तावमाथिको छलफल सकिएपछि नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्तावमाथि मतदान भएको थियो।

Previous articleनेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्याे
Next articleनेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्याे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here