काठमाण्डौ – नेपालमा आइतबार मात्रै थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार दिउसो थप ३ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिए ।

जसमध्ये पुरुषको संख्या ३ हजार २ सय १२ जना र महिलाको संख्या २ सय ३६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालका ७१ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये ४ सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।

Previous articleडि-मर्चाको नयाँ गीत ‘नेता ज्यू नमस्कार’ सार्वजनिक (भिडियाे सहित)
Next articleसन्तोष कोन्मेको ‘बिन्ती’ गीत सार्वजनिक (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here