काठमाण्डौ- बुधबार दिउसो थप २ सय १ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ हजार ३ सय जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये पुरुषको संख्या २ हजार १ सय ३० र महिलाको संख्या १ सय ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । दोलखाका ७६ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत जेठ १५ गते स्वाव संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि काठमाण्डौको शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका उनको आज निधन भएको मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिए
उनको जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेजमा अपरेसन गरिएको थियो । यस सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये २ सय ७८ जना निको भएर घर फर्किसकेका छन् । जसमा २ सय २२ जना पुरुष र ५६ जना महिलाहरु रहेका छन् ।हालसम्म नेपालका ६४ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

Previous articleअक्सिजन र भेन्टिलेटर आवस्यक नपर्ने बिरामीलाई अस्पतालमा भर्ना नगरिने
Next articleनेपालमा हालसम्म ६४ जिल्लामा सङ्क्रमण, मृत्यु हुनेकाे संख्या १० पुग्याे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here