बेर्न। भारतले लिपुलेकमा सडक बनाएर नेपालको सीमा अतिक्रमण गरेको भन्दै एनआरएनए स्वीट्जरल्याण्डले बिरोध जनाएको छ। भारतले सीमा मिचेर सार्वभौम राष्ट्रको भूगोलमा हस्तक्षेप गरेको भन्दै संघले बेर्नस्थित भारतीय दूतावासमा गत साता ज्ञापानपत्र समेत पठाएको हो।

ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा लिपुलेक नेपाली भूमि भन्ने प्रस्ट भएकाले भारतले सीमा मिचेर सार्वभौम राष्ट्रको भूगोलमा हस्तक्षेप गरेको भन्दै संघले हुलाकमार्फत विज्ञाप्ति पठाएको छ।

भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको बारे संघको गम्भीर ध्यानाकर्षण भएको छ । यसअघि पनि भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको संघले कडा भत्सर्ना गरेको हो।

भारत सरकारको पटक – पटकका यस्ता कदम अन्तर्राष्ट्रिय कानून विपरित तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको संघका अध्यक्ष शिवकुमार शुब्बाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ।

नेपालको भूमि (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरी जारी गरेको नक्सा सच्याउन तथा सीमामा तैनाथ भारतीय सेना अभिलम्ब फिर्ता गरी उच्च स्तरीय राजनीतिक एवं कूटनीतिक वार्ताको माध्यमबाट जारी सीमा विवाद समाधान गर्न संघले जोडदार माग राखेको छ।

यसैबीच संघले एनआरएनए केन्द्रको निर्देशनमा सिमा अतिक्रमणकोविरुद्व हस्ताक्षर अभियान जारी राखेको जनाएको छ।

 

Previous articleपपस्टार धिरज राईले बुद्ध अभियानमा लाग्नुको रहस्य खोले (भिडियो सहित)
Next articleगण्डकी प्रदेशसभाद्दारा ‘वातावरण संरक्षण गर्न बनेको विधेयक’ पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here