काठमाण्डौ – कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या नेपालमा ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित प्रेस ब्रिफिङमा आज अपरान्ह झापाका ८ जना पुरुष तथा रुपन्देहीका एक पुरुष गरी ९ जना थपिएपछि संक्रमितको संख्या ४५३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार ४५३ जना संक्रमितमा ३८३ जना पुरुष तथा ७० जना महिला रहेको जानकारी दिनुभयो । संक्रमितहरुको उमेर १७ देखि ५५ वर्ष सम्मका रहेका छन् । यसअघि बिहान मन्त्रालयले सुनसरी, धनकुटा तथा झापाका गरी १७ जनामा कोभिड १९ को पुष्टि भएको सूचना जारि गरेको थियो ।

प्रवक्ता देवकोटाले आज अपरान्हसम्म २६ जना नयाँ संक्रमित भेटिएको जानकारी दिदैं संक्रमितहरु बसेको स्थान तथा उनिहरुका सम्पर्कमा रहेका संभावित व्यक्तिहरुको कन्ट्याक्ट ट्रसिङ गर्नको लागि स्वास्थ्य महाशाखाको टोलीले काम शुरु गरिसकेको बताउनु भयो ।

पछिल्लो क्रममा आज ९ जना नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीका १ जना २७ वर्षिय पुरुष रहेका छन् । ति पुरुष श्रीलंकन गेष्ट हाउस क्वारेन्टाईन लुम्विनीमा रहँदै आएका हुन । झापामा ८ जना पुरुष, १७ वर्षिय १, १८ वर्षिय २, २० वर्षिय २, २३, ५२ र ५५ वर्षिय गरी ८ जना पुरुषमा पीसीार परिक्षणको नतिजा पोजेटिभ देखिएको हो । उािनहरु लक्ष्मी देवकोटा मावि क्वारेन्टाईन कचनकवल झापामा रहँदै आएका हुन ।

घर फर्किनेको संख्या ४९

बिहिवार चार जना टेकु अस्पताल काठमाडौंबाट डिस्चार्ज भएका छन् । उनिहरुमा २३ वर्षिया महिला, ३७ वर्षिय पुरुष, २५ वर्षिया महिला र २७ वर्षिय पुरुष रहेका छन् । उनिहरु अस्पताल बसाईको नवौं दिनमा डिस्चार्ज भएका हुन । यो संगै निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ

बिहिवारसम्म नेपालका ३८ जिल्लामा कोरोनाभाइरसको संक्रमणले छोएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रदेश नं १ मा ८४, प्रदेश नं २ मा १३६, वागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश नं ५ मा ११७, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी ४५३ जना संक्रमित रहेको बताउनु भयो ।

कोराना संक्रमितबाट मृत्यु हुनेको संख्या ३

रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालको भेन्टिलेटरमा रहेका मदाने गाउँपालिकाका एक ४१ वर्षिय पुरुषको आज दुःखद निधन भएको छ । ति पुरुषमा कोरोनाभाइरसको संक्रमण परिक्षण परिणाम पोजेटिभ देखिएको थियो ।

Previous articleनेपालमा काेरोना स‌क्रमण हुनेकाे संख्या ४ सय २७ पुग्याे
Next articleकांग्रेसको जुम वैठक सम्पन्न, ८ वुँदे निष्कर्ष र निर्णय सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here