युवतिसँगको सम्बन्धको मामलामा पटक(पटक विवादमा आएका अभिनेता भुवन केसीले पछिल्लो पटक एक भिजेलाई टेलिफोन गरेरै बोलाएका छन् ।एक टेलिभिजनमा कार्यरत सन्ध्या केसी अभिनेता केसीको आँखामा परेपछि उनको भाग्य चम्किएको छ । सन्ध्या अब भुवनको फिल्ममा हिरोइन बनेर देखिने छिन् ।

नयाँ सिनेमा ‘ड्रिम’ बनाउने तयारीमा रहेका भुवन यही फिल्मवाट पहिलो पटक निर्देशक बन्दैछन् ।मुख्य भुमिकामा छोरा अनमोललाई अनुबन्ध गर्ने योजनामा रहेका भुवन छोराका लागि फिल्मी जोडी खोज्न लागिरहेका थिए । टेलिभिजनममा सन्ध्याको कार्यक्रम हेरेपछि भुवन आफैंले फोन गरेर बोलाएका थिए ।

सुन्दर युवतिहरुलाई जहिले पनि आफुले प्रोमोट गर्ने भुवनले बताए । ‘हो म राम्रा केटीहरुलाई फोन गरेरै अभिनयका लागि बोलाउँछु ।’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने ।

करोडपति, सुपरस्टार लगायतका फिल्म बनाएका भुवनले हरेक फिल्ममा नयाँनयाँ युवतीलाई स्थान दिएका छन् । ‘क्षमता भएका हिरोईनलाई काम गराउनुपर्छ भन्ने मेरो मान्यता हो ।’ उनले भने ।
सन्ध्यासँग मौखिक कुरा भए पनि कागजी प्रकृया भने हुन बाँकी रहेको उनले बताए । फागुनको १० गतेदेखि सुटिङ सुरु गर्ने योजनामा छन् उनी ।

Previous articleहलिउडमै ठगिए नायिका, नायकभन्दा ७ गुणा कम पारिश्रमिक
Next articleसोनम कपुरलाई स्वाइन फ्लु, सलमानमाथि पनि शंका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here