काठमाण्डौ – नेपालमा थप सात जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोराना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयका सह प्रवत्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उदयपुर भुल्के निवासी १८, ४५ र ६५ बर्षिया महिलाहरु, कपिलबस्तु निवासी, १७ र दुई जना १८ बर्षिय पुरुष र पर्सा छपकैया निवासी ६२ बर्षिय पुरुषमा कोरोना देखीएको उनले बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
मन्त्रालयको विवरण अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरू सबै चिकित्सकको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ।

Previous articleप्रधानमन्त्रीले बालुवाटारमै मनाए बुद्धजयन्ती, बुद्ध प्रतिमामा गरे दीप प्रज्वलन
Next articleजातीय सद्भावमा आँच आउने गरी गतिविधि नगर्न काँग्रेसकाे अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here