काठमाण्डौ – कोरोना कोभिड १९ को प्रकोपलाई मध्ये नजर गर्दै तारे होटलहरु ६ महिनाका लागि बन्द हुने भएका छन् ।

वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेका हुन् । होटल संघ नेपालको पदाधिकारी बैठकले तारे होटलहरु बन्द गर्ने निर्णय गरेको हो ।

बैठकपछि संघले जारी गरेको विज्ञप्तिमा कोभिड–१९को प्रकोपको प्रभावले पर्यटन उद्योगमा दुरगामी नकारात्मक प्रभाव रहिरहने तथा कमसेकम आगामी एक वर्षसम्म पर्यटन उद्योग सुचारु रुपले चल्न नसक्ने भएकोले वैशाख १ गतेदेखि ६ महिनासम्म सम्पूर्ण होटल व्यवसायहरु बन्द गरिने सहमति गरिएको जनाइएको छ ।

बैठकले ६ महिनासम्म होटलमा काम गर्ने कर्मचारीको हकम ६ महिनासम्म अर्थात असोज मसान्तसम्म प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतको दरले हुन आउने रकम उपलब्ध गराउने साथै सेवा शुल्क उपलव्ध गराउने होटलहरुले श्रमिकहरुले पाउने सेवा शुल्क मौजादबाट प्रत्येक महिना उपलव्ध गराउने निर्णय गरेको छ ।

Previous articleगण्डकीमा ५ हजार ८८२ जनाको आरडीटी परिक्षण
Next articleविनोदको ‘मान्छे’ गीतको भिडियो रिलिज (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here