काठमाण्डौ – नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार नेपालगञ्‍जका ९ जना र वीरगन्जका १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

आज नेपालगन्जमा कोरोना संक्रमण देखिएका ९ जना ७ देखि ५८ वर्ष उमेर समूहका रहेका छन् । कोरोना संक्रमित हुने अर्का वीरगञ्ज -२ छपकैयाका एक ३६ वर्षीय पुरुष रहेका छन् । यस अघि सोही स्थानका एक ४६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । यो सँगै हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण देखिएको मध्ये १५ जनाले स्वास्थ लाभ गरेका छन् । निको भइसकेका एक पुरुषमा आज पुन: संक्रमण देखिएपछि स्वास्थ्यलाभ गर्नेको संख्या घटेर १५ पुगेको हो ।

Previous articleयसपालिकाे बुद्ध जयन्ती विधिपूर्वक पूजा पाठमा मात्र सीमित गरिने
Next articleराष्ट्रपतिद्दारा सङ्घीय संसद्को अधिवेशन आह्वान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here