काठमाडौँ – नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त पहिरोमा हराएकामध्ये भेटिन बाँकी रहेको एक नेपाली र एक कोरियनको शव शुक्रबार फेला परेको हो । सङ्कलित शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

बेपत्ता व्यक्तिको खोज तथा उद्धारका लागि खटिएको सेनाको टोलीले यी दुईसहित तीन नेपाली पथप्रदर्शक र चार कोरियन पर्यटकको शव फेला पारेको हो । टोलीले हराएकामध्ये दुई नेपाली र तीन कोरियनको शव पहिले नै फेला पारेको थियो ।

नेपाली सेनाको पश्चिम पृतनाको समन्वयमा विशेष फौज बाहिनीअन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले शव सङ्कलन गरी ल्याएको उक्त निर्देशनालयले जानकारी दिएको छ । रासस

Previous articleगण्डकी अस्पतालमा प्रजनन स्वास्थ्य सेवा सञ्चालन गर्न माग
Next articleयसपालिकाे बुद्ध जयन्ती विधिपूर्वक पूजा पाठमा मात्र सीमित गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here