काठमाण्डौ – नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार पर्सा, वीरगन्जमा दुई जना ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार भएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ । मन्त्रालयका अनुसार आइसाेलेसनमा रहेका उनको अवस्था सामान्य छ। संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो।

आज थप दुई जनामा संक्रमण पुष्टि भए सँगै अब नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ । जसमध्ये १२ जना निको भएर घर फर्किसकेका छन्।

Previous articleहवाई उडान आगामी जेठ २ गते सम्म स्थगित राख्ने निर्णय
Next articleपोखरा महानगरले बनायो कृषि बजारमा सेनिटाइज टनेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here