पोखरा – रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले रेष्टुरेण्टहरुमा काम गर्ने ६४ जनालाई राहत वितरण गरेको छ । लकडाउनका कारण घर नगई पोखरामा नै बसेकाहरुलाई सोमबार रेवानले सहयोग प्रदान गरेको हो ।

उनीहरुलाई चामल १२ केजी, दाल २ केजी, तेल १ लिटर, १ किलो नुन, स्वायविन लगाएतका खाद्य सामग्री वितरण गरेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) का अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।

‘रेष्टुरेण्टमा काम गर्नेहरुलाई खाने कुराको अभाव भयो भन्ने थाहा पाउने वित्तिकै सहयोग गरेका हौ,’ अध्यक्ष भुजेलले भने ‘रेवानको बैठक बसेर आवश्कय रकम छुट्टाएका छौ ।’ उनले एउटा परिवारलाई १५ सय बराबरको सामग्री दिएको बताए ।

वितरण कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीब पहारी, पोखरा महानगर पालिका वडा नम्बर वडा सदस्य हरि पहारी लगाएतले सहयोग प्रदान गरेका थिए ।

त्यसै गरी रेवान पोखराले कोरोना भाइरसको संक्रमण फैलान नदिन लेकसाइडमा किटनासक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ ।

सोमबार पोखरा महानगरका सगँको सहकार्यमा किटनासक औषधि लेकसाइडका सबै क्षेत्रमा छर्केको हो । राहत वितरण र औषधि छर्कनका लागि करिब १ लाख ५० हजार खर्च भएको अध्यक्ष भुजेलले जानकारी दिए ।

Previous articleHow long should the lockdown continue in Nepal?
Next articleएशियाका ४८ देशमा कोरोनाभाइरसबाट संक्रमति हुनेको संख्या ३ लाख ९७ हजार १०२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here