पोखरा -पोखरेलीहरुले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग गरेकाछन्। गण्डकी प्रदेशका सांसद रामजी बराल (जिवन) ले पोखरा महानगरपालिकाको वडा नम्बर १ र २ वडा कार्यालयमा पुगि अध्यक्ष सहितका केही प्रतिनिधिहरुसंगको छलफलमा उनीहरुले कोरोना भाइरसको रोकथाम र राहत वितरणमा प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम खर्च गर्न माग गरेका हुन्।

राहत वितरणको अनुगमन गर्न निस्केका प्रदेश सांसद बराल समक्ष छलफलमा सहभागिहरुले लकडाउनले गर्दा मानसिक रुपमा धेरै त्रास भएको भन्दै कृषि उत्पादन र उत्पादन गर्ने उद्योगलाई सामाजिक दुरी कायम गर्दै कोरोना सम्बन्धि सावधानि अपनाउदै संचालन गर्ने वातावरण मिलाउन समेत माग गरेका छन्। सांसद बरालले देशको समय र परिस्थिती अनुसार जनचाहना अनुसार आफुहरु अघि बढ्ने बताउदै छलफलमा आएका सकरात्मक सुझावलाई प्रदेश सभामा तथा प्रदेश सरकार समक्ष पु¥याउने जनाए । उनले भने“ यो विसम परिस्थितीमा हामी सवै मानव एक भएर एकलाई परेको मर्का अर्कोले सहयोग गर्नुपर्छ, मानव जातिको अस्तित्व नै संकटमा पार्ने गरी विश्वमा फैलिरहेको कोरोना भाइसबाट बच्न र बचाउन सवै जुट्नु पर्छ । ” पोखरा महानगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष शारदा पराजुलीले पहिलो चरणमा ६ सय ६६ जनालाई राहत सामाग्रि वितरण गरेको बताइन। उनले दोश्रो चरणको लागि करिब ४ सय प्याकेज तयार पार्न लागेको जनाइन् ।

आफ्नो वडामा गत चैत देखि विदेशबाट आएका ५ जना सहित अन्य २२ जनाको कोरोना भाइरसको डिटिआर विधिबाट टेष्ट गर्दा नेगेटिभ नतिजा आएको बताइन्। पोखरा महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामेश्वर मल्लले पहिलो चरणमा आफुहरुले पनि ४ सय ४५ जनालाई राहत वितरण गरेको बताए । दोश्रो चरणमा पनि राहत वितरण गर्न हाल गृहकार्य सुरु गरेको उनले जनाए ।

Previous articleएसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल
Next articleकोभिड–१९ को प्रभाव :-स्विटजरल्याण्डमा नेपालीहरुको अबस्था कस्तो छ? (लाईभ बहस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here