पोखरा -पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले बताए । यो टोल फ्रि नम्बर ११८१ मा कार्यालय समयमा फोन गरेर गुनासो टिपाउन र कोरोना महामारीलाई रोकथाम गर्न रचनात्मक सुझाव पनि दिन सकिने छ ।

पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरी लकडाउनको बेला समस्यामा परेका अति विपन्न र दैनिक ज्यालामजदुरी गर्नेहरुलाई राहत वितरण गरेको छ भने उक्त राहत कोषमा सहयोग गर्न इच्छुक व्यक्ति वा संघ संस्थाले टोल फ्रि नम्बर फोन गर्न सकिनेछ । समस्यामा परेका व्यक्तिहरुको उद्धार गर्नुपरेमा पनि ११८१ नम्बरमा फोन गरेर जानकारी दिन सकिने महानगरपालिकाले बताएको छ ।

Previous articleनेपाल र भारतमा लकडाउन लम्बियो,विश्वभर १ लाख २० हजार ६ सयको मृत्यु
Next articleचुल्हो निभेकाको चुल्हो वाल्न संसाद बरालको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here