काठमाण्डौ -पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २ छपकैया स्थित मस्जिदमा शंकास्पद रुपमा रहेका व्यक्तिहरुको नमूना परिक्षण गर्दा ३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छपकैयाको मस्जीदमा रहेका २१ जना शंकास्पद मानिसको परिक्षण गर्दा ३ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको पुष्टि गरेको हो । उनिहरु वर्ष ३७, ५५ र ४४ पुरुष रहेका छन् । उनिहरुलाई नारायणी अस्पताल, बिरगञ्ज अस्पताल आइसोलेसनमा राखेर थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको ल्यावमा परिक्षण गरिएको थियो ।

परिक्षणमा २१ मध्य तीन जनामा पोजेटिभ देखिए पछि पुनः परिक्षण गर्नको लागि चैत्र २९ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो भने पुनः एकिन गर्नको लागि शनिवार परिक्षण गर्दा उनिहरुमा पोजेटिभ देखिएको हो ।

यो संगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १२ पुगेको छ । पोजेटिभ देखिएका ३ जनाको संसर्ग र उनिहरु गएको स्थानलाई पहिचान गरि कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरु भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

Previous articleविश्वभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्याे
Next articleकोरोना महामारीबाट दक्षिण एसियाली अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here