काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ ।

प्रधानमन्त्री ओली आज टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई उक्त आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँहरुबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि उहाँहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगका लागि मोदीलाई धन्यवाद दिनुभएको थियो ।रासस

Previous articleपोखरा महानगरद्धारा गण्डकी अस्पताललाई १०० थान पिपिई प्रदान
Next articleस्विट्जरल्याण्डमा बस्ने नेपालीहरुमा पनि देखियो कोभिड-१९ पोजेटिभ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here