बासेल। स्विट्जरल्याण्डबाट रुकुमको एक बालगृहकालागि १ लाख रुपैयाँ सहयोग हस्तान्तरण भएको छ। चर्चित कार्यक्रम ईन्द्रेणी मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो। ईन्द्रणी कार्यक्रममा नै पुगेर संचालक कृष्ण कंडेललाई उक्त रकम बुझाईएको छ।

स्विट्जरल्याण्डका बासेलमा रहेका नेपालीहरु यस बर्ष हर्ष उल्लास पूर्वक घर-घरमा नै पुगेर देउँसी-भैलो खेलेका थिए। सोही देउँसी कार्यक्रममा नै रकम संकलन भएको थियो।

स्विट्जरल्याण्ड निवासी डा. राजु अधिकारीकी माता लिला कुमारी अधिकारी मार्फत रकम पुर्याईएको हो।  रकम लिएर इन्द्रेणी कार्यक्रममा नै पुगेकी अधिकारीले भनिन्,”मैले कार्यक्रम नियमित हेर्न गर्थे, आज छोराहरूले पठाएको सहयोग लिएर आउदा झनै खुशी छु।।”  कार्यक्रम संचालक कंडेलले रुकुमको राडीजेउलाका अनाथ, असहाय बालबालिका लागि सहयोग पुग्ने बताउँदै स्विसबासी नेपालीहरु लाई धन्यबाद दिए।

झन्डै ६ सय नेपालीहरुको संख्या रहेको स्विट्जरल्याण्डमा पनि घर- घरमा नै पुगेर गत बर्ष  देउसी-भैलोको आवाज गुज्जियो थियो। झण्डै ५ दशकदेखि नेपालीहरूको बसोबास रहेको स्विट्जरल्याण्डकै इतिहासमा घर-घरमा पुगेर देउसी-भैलो खेलेको सम्भवतः: यो पहिलो पटक हो। मुना भट्टराई आचार्य र ज्योती पुनको पहलमा देउसी भैलो कार्यक्रमको आयोजना भएको थियो।

यस्ता कार्यक्रमहरूले परोपकारी काममा पनि सहयोग पुर्याउने सकिने उदाहरण बनेको हुँदा आउँदा दिनमा पनि निरन्तरता दिनुपर्ने प्रेरणा नेपाली समुदायलाई मिलेको छ।

Previous articleकोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड सहयोग
Next articleआज ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ९ पुग्याे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here