बेर्न। स्विट्जरल्याण्डको राजधानी बेर्नमा बस्दै आएका एक नेपालीको मृत्यु भएको छ। भिरकोट नगरपालिका १ स्याङ्जा मूलघर भएका ५० बर्षिय ईव बहादुर गुरुङ (राम) को उपचारको क्रममा निधन भएको हो। उनि लामो समयदेखि क्यान्सर रोगले पिडित रहेको एनआरएनए स्विट्जरल्याण्डले जनाएको छ।

संघका अनुसार गुरुङको मार्च १७ तारिख मंगलबार उपाचारको क्रममा बेर्नको एक अस्पतालमा निधन भएको थियो। परिवारको सल्लाहबमोजिम मृतक गुरुङको सदगद बुधबार स्विट्जरल्याण्डमै भएको छ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले उनको निधनले नेपाली समुदायलाई अपुरणिय क्षति भएको भन्दै दुख ब्यक्त गरेको छ। संघले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

Previous articleगण्डकी प्रदेशमा अत्यावस्यक सेवा बाहेक अन्य सेवा प्रतिवन्ध
Next articleपोखराका भीडभाड हुने स्थानमा किटनासक औषधी छर्कन सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here