पोखरा – पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ जरेबरमा रहेको आफनो नाममा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ ।

उपप्रमुख गुरुङको घोषणा पोखरामा घर भाडामा दिने घरबेटीहरुलाई समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पोखराका ब्यवसायीले ब्यवसाय धरासायी बन्दै गएको भन्दै छुट घर भाडामा छुट दिन माग गरिरहेका बेला उपपप्रमुख गुरुङले भाडा नलिने घोषणा गर्नुभएको हो ।

विश्वभर कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तब्यस्त भएको भन्दै उहाँले ब्यवसायीलाई राहत स्वरुप भाडा नलिने निर्णय गरेको उपप्रमुख गुरुङल बताउनुभयो । उहाँले मासिक ६५ हजार रुपैयाँमा भाडामा दिनुभएको छ । चैत महिनाको भाडा आफुले नलिने घोषणा गरेको बताउदै उहाँले भन्नुभयो, ‘ब्यवसायीलाई एक महिनाको भाडा नलिदा राहत हुने अपेक्षा सहित भाडा मिनाहा गर्ने निर्णय गरेकी छु ।’

Previous articleकाँग्रेसको क्रियाशील सदस्य वितरण र नवीकरण स्थगित
Next articleनौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here