पाेखरा- बिहिबार बिहान पोखरामा चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान सात बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । आक्रमण गर्ने चितुवालाई नियन्त्रणमा लिई वन कार्यालयको जिम्मा लगाइएको छ ।

स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा एक्कासी आक्रमण गरेको बताइन्छ । वन अधिकृत श्रेष्ठ र हवल्दार थापा सामान्य घाइते भएकामा उपचारपछि घर फर्किएको तथा स्थानीय थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थापाको टाउको र पाखुरामा चोट लागेको बताइन्छ ।

Previous articleकोभिड–१९ विरुद्ध सार्क भिडियो कन्फरेन्समा प्रम ओलीको सम्बोधन
Next articleकाेराेना सर्तकता : त्रिविको परीक्षा स्थगित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here