जुरीख। एनआरएनए स्विटजरल्याण्डले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गर्ने भनेको कार्यक्रम स्थगित भएको छ। अन्तराष्ट्रिय नारी दिवस आठ मार्चको दिनमा गर्ने भनिएको कार्यक्रम कोरोना भाइरसको कारण रोक्नु परेको एनआरएनए तथा एनसिसि स्विटजरल्याण्डले एक सूचना प्रकाशित गरी जनाएका छन्।

 स्विटजरल्याण्डको सरकारले कोरोना भाइरसको कारण ठुला कार्यक्रम नर्गन गरेको आग्रहका कारण यसलाई रौक्नुपरेको एनआरएनए महिला फोरम स्विट्जरल्याण्डका संयोजक सम्झना थापाले जनाइन् । कार्यक्रम स्थगित गर्नुपरेकोमा क्षमा माग्दै सबै सहभागीको स्वास्थ्य पहिलो प्राथमिकतामा पर्ने भएकोले यस्तो गर्नु परेको प्रष्टाएको छ ।

परिस्थितिलाई सबैले बुझिदिनेमा एनआरएनए स्विटजरल्याण्डको विश्वास छ।

Previous articleजबजको उपदेयता अझै रहेको छ : वरिष्ठ नेता नेपाल
Next articleसरकारलाई गुम्बा चिनाउदै छु : सांसद विष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here