पोखरा- नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को काण्डै काण्डका कारण मुलुक अधोगति तर्फ उन्मुख हुदैँ गएको आरोप लगाउनु भएको छ ।

नेपाली काँग्रेस पोखरा वडा नं १७ द्धारा शनिबार आयोजित प्रशिक्षण तथा वनभोज कार्यक्रममा घिमिरेले कोरोना भाईरस फैलिए झैँ मुलुकमा गम्भीर समस्याहरु फैलिरहेको बताउनुभयो । मुलुकलाई गम्भीर मोडमा ल्याउने गतिविधि सत्तापक्षबाट भइरहेको भन्दै यस्ता नकरात्मक गतिविधि विरुद्ध आवाज उठ्नु जरुरी रहेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँगे्रसमा पनि विकृति मौलाईरहेको छ, गुटको खेती गरे ईतिहासले हामीलाई धिकार्नेे छ ।’
कार्यक्रममा बोल्दै नेपाली काँगे्रसका नेता तथा उपनिर्वाचनका उम्मेदवार खेमराज पौडेलले पार्टी पराजित भएपनि संगठनलाई बलियो बनाएको बताउनुभयो । उहाँले कोही पनि विचलित नभई कर्ममा विश्वास लिनुपर्ने भन्दै पार्टीलाई भित्रैबाट सुर्धान आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति एवं निवर्तमान कानुनमन्त्री यज्ञ बहादुर थापा, नगरसभापति बजिरमान श्रेष्ठ, क्षेत्रिय सभापति माधव बास्तोला, जिल्ला उपसभापति आई बहादुर गुरुङ, महिला संघ ईकाई समितिकी सभापति रञ्जिता सुवेदी लगायतले पार्टीलाई सुदृणिकरण गर्दै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाली काँगे्रस वडा नं १७ ईकाई समितिका सभापति देवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव डि.आर भट्टराईले गर्नुभएको थियो भने स्वागत ईकाई समितिका उपसभापति दिपेन्द्र बरालले गर्नुभएको थियो ।

Previous articleपाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन
Next articleप्रदेशको नाकामा क्वारेन्टाइन राख्न सांसदको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here