काठमाडौँ – काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको उल्लेख गर्दै गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो ।

निवर्तमान मन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्रलाई विपक्षी बनाई दायर गरेको मुद्दामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको विषयमा अडियो सार्वजनिक गरेर आफूलाई झुटो आरोप लगाएको उल्लेख छ । बाँस्कोटाले मुद्दा दर्ता गर्नेबित्तिकै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्जतीको विरुद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौँमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।”

Previous articleपार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रमको आह्वान
Next articleअनुशासन र कर्तव्य पालना नगरी समाजबादी भइदैन : मुख्यमन्त्री गुरुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here